मकवानपुर, ३ कात्तिक ।
नेपाल प्रेस युनियन मकवानपुरले `विचार यात्रा´ स्मारिका प्रकाशन गरेकाे छ । युनियनले प्रकाशन गरेकाे विचार यात्राकाे शुक्रबार लोकार्पण गरिएकाे हाे ।
बडादसैं, तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वको अवसरमा शुक्रबार बिहान हेटौँडामा शुभकामना आदानप्रदान तथा तथा चियापान कार्यक्रमको आयोजना गर्दै पुस्तक लोकार्पण गरिएको हो ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहालदाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको उपस्थिति रहेको थियो ।




