मकवानपुर, ३ कात्तिक ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
हेटौँडा – चतरा – धरान सडकखण्डअन्तर्गत तीनतलेमा हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना गम्भीर र ३१ जना मध्यम घाइते भएको अस्थायी प्रहरी पोष्ट गरगरेले जनाएको छ ।
घाइतेहरुकाे हेटौँडा अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।




