भरतपुर, ३ कात्तिक ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर- ११ स्थित स्टार्स मन्टेश्वरी एकेडेमीले शुक्रबार बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । एकेडेमीमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरु र साना नानीबाबुहरुमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । 
बडादशैँको पूर्वसन्ध्यामा स्कुलमा अध्ययनरत नानीबाबुहरुलाई दशैंको टीका जमारा लगाई दक्षिणा दिएर नानीबाबुहरुलाई आशीर्वाद दिई शुभकामना आदानप्रदान गरिएको हो । स्टार्स मन्टेश्वरी एकेडेमीका प्रवन्ध निर्देशक गणेश रानाका अनुसार नेपालमा विदेशी संस्कृति भित्रिँदै गएको समयमा नानीबाबुहरुलाई मौलिक संस्कृति सिकाउन बुझाउन र व्यवहारमा उतार्न समेत सिकाइएको हो । उनले भने- ‘जमारा राख्ने समयमा पनि नानीबाबुहरुलाई उपस्थित गराई जमारा राख्न सिकाइएको थियो ।’ 
बिहीबार चङ्गा बनाउने र उडाउने क्रियाकलाप सिकाइएको समेत निर्देशक रानाले बताए । रानाका अनुसार नानीबाबुहरुलाई जमारा राख्न सिकाई, टीका र जमाराको महत्वको बारेमा समेत प्रष्ट पारिएको थियो । कार्यक्रममा टीका र जमारा ग्रहणपछि आशीर्वाद स्वरुप दिइएको दक्षिणालाई फजुल खर्च नगरी खुत्रुकेमा बचत गर्न पनि सिकाइएको थियो । बाल्यकालमा दक्षिणाको महत्व बुझेर स्कुलले नयाँ नोटको प्रयोग गरेको थियो । 
स्कुलले लोप हुँदै गएको लिङ्गे पिङलाई स्कुल प्राङ्गण भित्रै पिङ हालेर दशैंको संस्कृति र महत्व बुझाएको थियो । टीका र दक्षिणा ग्रहणपछि साना नानीबाबुहरु पिङमा झुम्मिएका थिए । पिङ खेल्न पाएर उनीहरु दंग देखिएका थिए । नानीबाबुहरुमा खुसीको सीमा नाघेको थियो । टीका र आशीर्वाद ग्रहणपछि पिङ खेलेर हरेक कक्षाका विद्यार्थी नानीबाबुहरु र उनीहरुका शिक्षिकाहरुले सामुहिक फोटो खिचाएका थिए । 
स्कुलको यस किसिमको सांस्कृतिक क्रियाकलापले नानीबाबुका अभिभावकहरु प्रफुल्ल देखिएका थिए । आफ्ना बच्चाहरुमा मौलिक संस्कृतिको महत्व बुझाइएकोमा अभिभावकहरु हर्षित भएका हुन् ।
हरेक वर्ष यस स्टार्स मन्टेश्वरी एकेडेमीमा अध्ययन पूरा गरि देशका विभिन्न स्थानमा रहेका ठूलो विद्यालयहरुमा अध्ययन गर्न जाने साना नानीबाबुहरु अरु विद्यार्थीको तुलानामा अब्बल देखिने गरेका छन् । यस एकेडेमीमा अध्ययन पूरा गरी निस्किएका पहिलो ब्याचका नानीबाबुहरु अहिले कक्षा ११ मा अध्ययनरत छन् । 
स्टार्स मन्टेश्वरी एकेडेमीले साना नानीबाबुहरुलाई सानै उमेरदेखि कलाको विकास गर्दै आइरहेको छ । जस अन्तरगत एकेडेमीले अतिरिक्त क्रियाकलापका कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ । यस एकेडेमीमा अध्ययनरत नानीबाबुहरुले अतिरिक्त क्रियाकलाप अन्तरगत गायन, नृत्य र तेक्वान्दो सिकिरहेका छन् । 
चितवनमा स्थापना भएका अधिकांश मन्टेश्वरी स्कुलहरु मध्य स्टार्स मन्टेश्वरी एकेडेमी अब्बल दर्जामा परिचित छ ।`जहाँबाट तपाईंका नानीबाबुको भबिष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ´ भन्ने मूल नाराका साथ पोखराको पालिखेचोकमा २०६५ सालमा स्थापना भएको यस मन्टेश्वरी भरतपुर-११, मालपोतचोकमा २०६७ सालमा स्थापना भएको हो । 
२०६७ साल जेठबाट सञ्चालनमा आएको यस एकेडेमीले सफलतापूर्वक तेह्र वर्ष पूरागरी चौधौँ वर्षमा चलिरहेको छ । पोखराको सफलतापछि मातपोत चोकमा अवस्थित यस मन्टेश्वरी दोस्रो शाखा हो । 




