गैंडाकोट, २ कात्तिक ।
गैंडाकोटमा हाटबजार गएका महिलाहरुलाई लुटपाट गर्ने समूहका एक जना महिलालाई स्थानीयले प्रहरीमा बुझाएका छन् ।
बिहीबार साँझ ५ बजे हाटबजार गएकी गैंडाकोट- ५ की रन्जना थापा मगरको घाँटीबाट डेढ तोलाको सुनको सिख्री लुटपाट भएको हो । लुटपाट भएलगत्तै स्थानीयले एक महिलालाई प्रहरीको जिम्मा लगाएका हुन् । ती महिलासँग एक अधबैंसे पुरुष र १०-१२ वर्षको बच्चा भाग्न सफलभएको स्थानीय शम्भु श्रेष्ठले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको महिला मधेसी मुलकी भएको र उनलाई थप अनुसन्धान गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।





