मकवानपुर, २ कात्तिक ।
बागमती प्रदेशकाे कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामालाई दिइएकाे छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल केही समयका लागि देश बाहिर जाने भएको भन्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिएका हुन् ।
बिहीबार प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले एक सूचना जारी गर्दै मुख्यमन्त्री कात्तिक ४ गते शनिबारदेखि देश बाहिर जाने भएकाेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री लामालाई दिइएकाे जनाएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलको अनुपस्थितिमा मुख्यमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम मन्त्री लामाले सम्हाल्ने गरी जिम्मेवारी तोकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री जमकट्टेल कात्तिक ४ गते ७ दिने भ्रमणकाे लागि दुबई जान लागेकाे सचिवालयले जनाएको छ । पारिवारिक भेटघाट तथा भ्रमणसँगै मुख्यमन्त्री जम्कट्टेलले दुबईमा पार्टीका केही कार्यक्रममा सहभागिता जनाउने तालिका रहेको सचिवालयले जनाएकाे छ ।





