मकवानपुर, २ कात्तिक ।
मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत एक जना कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पालिकाको पूर्वाधार विकास शाखाका असिस्टेन्ट सव–ईन्जिनियर सरोज महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
दशैँको लागि जनकपुरस्थित घर जाने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्ला चन्द्रनिगाहपुरमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो ।
महतो बकैया गाउँपालिकामा एक महिना अगाडि भरतपुर महानगरपालिकाबाट सरुवा भई आएका थिए ।
विहीबार पालिकाले सूचना जारी गर्दै महतोको निधनमा शुक्रबार शोक बिदा दिएको छ ।





