नवलपुर विद्युत् व्यवसायी संघको शुभकामना आदानप्रदान

देवचुली, २ कात्तिक ।
नवलपुर विद्युत् व्यावसायी संघले बुधबार देवचुलीस्थित घुमाउरी पार्कमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोही अवसरमा संघले हरेक सदस्य बीमा योजना पनि सार्वजनिक गरेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै केन्द्रीय अध्यक्ष देवकोटाले व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्री गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा जिल्लाले व्यवसायिक तालिम राख्नसके महासंघले सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल विद्युतीय व्यावसायी महासंघका पूर्वअध्यक्ष तेजनारायण खरेल, तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, गण्डकी प्रदेश सदस्य कृष्ण गैरे, संघका सल्लाहकार विष्णुकुमार श्रेष्ठ, कमल अर्याललगायत अतिथि रहेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष सुजन अधिकारीले आफ्ना सदस्यलाई दीर्घकालीन रूपमा गहिरो प्रभाव पार्ने दुर्घटना बीमा कार्यक्रम ल्याउन लागेको जानकारी दिए । १५० भन्दा बढी व्यावसायिक प्रतिष्ठानका संचालक,  सरोकारवाला सबै मिलेर नवलपुर विद्युत व्यावसाय संघको सदस्य केन्द्रित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रममा उपस्थित अतिथि एवं संघमा आवद्ध सदस्यहरुले दशैँ, दीपावली र छठको अवसरमा नेपाली–नेपालीबीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरेका थिए ।

जिल्ला संघका सल्लाहकार डिल्लीराज न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रम अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव दीपक सुवेदीले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट