नेपाली काँग्रेस वैदेशिक समन्वय विभागले चियापान कार्यक्रम गर्दै

भरतपुर, ३० असोज ।
दशैँ तिहारको अवसर पारेर नेपाली काँग्रेस वैदेशिक समन्वय विभाग चितवनको आयोजना तथा नेपाली काँग्रेस चितवन-काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा मंगलबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दैछ ।

नेपाली काँग्रेसका महामन्त्री तथा सभासद गगनकुमार थापाको प्रमुख आतिथ्यमा हुने कार्यक्रम कालीमाटीमा सीता पम्पसँगै रहेको कालीमाटी ब्याङ्क्वेटमा आयोजना हुनेछ । कार्यक्रममा नेपाली काँग्रेसले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

कार्यक्रम असोज ३० गते मंगलबार बिहान आठ बजेको लागि निर्धारण गरिएको नेपाली काङ्ग्रेस चितवनको सचिवालयले बताएको छ ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा गरिमामय उपस्थितिको लागि चितवन काँग्रेसले अपिल गर्नुको साथै प्रार्थनीय रहने चितवन काङ्ग्रेसका सभापति राजेश्वर खनालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट