रियलमीकाे ‘दसैँतिहार उमंग, उपहारले सबै दंग’ याेजना सार्वजनिक

काठमाडौँ, ३० असोज । टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा ‘दसैँ तिहार उमंगः उपहारले सबै दंग’ योजना ल्याएको छ । यही असोज २८ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुने यस क्याम्पेन अन्तर्गत ग्राहकले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी–२ प्रो जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले […]
प्रहरी समायोजन छिट्टै गरिने

मकवानपुर, ३० असोज । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी समायोजन छिट्टै गरिने भएकाेले समस्या समाधान हुने बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६८ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्ताे बताएका हुन् । प्रहरी समायाेजन ऐन मार्फत प्रदेश सरकारको मातहतमा प्रहरी संगठन आएपछि मातहतका निकायलाई रुपान्तरण गर्दै […]
नयाँ शैलीमा भरतपुरको बजार अनुगमन

भरतपुर, ३० असोज । भरतपुर महानगरपालिकाले दैनिक नियमित स्वच्छ बजार अनुगमनलाई फरक र नयाँ ढंगबाट सुचारु गरेको छ । आम जनताका समस्याहरुलाई शून्य स्तरमा पुग्ने गरी समाधान गर्ने हेतुले महानगरले दैनिक नियमित बजार अनुगमनलाई फरक र नयाँ ढंगबाट गरेको हो । नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने र सुधारको अवसर […]
खैरहनी नगर अस्पतालमा अत्याधुनिक ल्याव

खैरहनी, ३० असोज । खैरहनी नगरपालिका अन्तर्गत पुरानो पर्सामा अवस्थित नगर अस्पतालमा अत्याधुनिक ल्यावको उद्घाटन गरिएको छ । अब खैरहनी नगर अस्पतालमै आधुनिक प्रविधिबाट थाइराइड, भिटामिन डि, भिटामिन बि १२, बाथ, युरिक एसिडको ल्याव परीक्षण हुने भएको छ । साथै सबैप्रकारका ल्याव परीक्षणहरूलाई अटोमेटिक रुपमा थप गुणस्तरीय बनाउन अत्याधुनिक प्रविधियुक्त मेसिनहरु जडान गरिएको नगरपालिकाले जनाएको […]
खैरहनीमा मनोविमर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम

खैरहनी, ३० असोज । खैरहनी नगरपालिकाले मनोविमर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ । तालिमबाट खैरहनी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र स्वाथ्य स्वयंसेविका समेत गरी १३५ जना दीक्षित भएका छन् । तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै नगर प्रमुख शशी कुमार खनियाले नगरपालिकाको कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउँदै नगरबासीको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न तनाव […]
मकवानपुरमा सार्वजनिक गाडीमा टाइम कार्ड लागू

हेटौंडा, ३० असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारीसाधनमा टाइम कार्ड लागू गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाड–पर्वलक्षित गरी मंगलबारबाट टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जारी गरेको सूचनामा जनाइएको हो । चुरियामाई– हेटौंडा बसपार्क, मनहरीहुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्यरुपमा टाइम कार्ड लागू भएको ट्राफिक प्रहरी कार्यालय […]
नेपाली काँग्रेस वैदेशिक समन्वय विभागले चियापान कार्यक्रम गर्दै

भरतपुर, ३० असोज । दशैँ तिहारको अवसर पारेर नेपाली काँग्रेस वैदेशिक समन्वय विभाग चितवनको आयोजना तथा नेपाली काँग्रेस चितवन-काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा मंगलबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दैछ । नेपाली काँग्रेसका महामन्त्री तथा सभासद गगनकुमार थापाको प्रमुख आतिथ्यमा हुने कार्यक्रम कालीमाटीमा सीता पम्पसँगै रहेको कालीमाटी ब्याङ्क्वेटमा आयोजना हुनेछ । कार्यक्रममा नेपाली काँग्रेसले सबैलाई […]
आर्थिक मन्दीले वित्तीय क्षेत्रमा परेका असर मेटिनेगरी काम गर्छौँ : सापकोटा

गैँडाकोट, ३० असोज । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिले सोमबार शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराजज्योति पौडेलले शपथ ग्रहण गराएका हुन् । विकूका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’लाई पद हस्तान्तरण गरे । नवनिर्वाचित […]
२०८० असोज ३० गते मंगलबारको कायाकैरन दैनिक (ePaper)