काठमाडौं, २९ असोज ।
गायिका रेश्मा सुनुवारको नयाँ गीत पिरतीको झोली सार्वजनिक भएको छ । राइट ट्युन इन्टरटेनमेन्ट युटुब च्यानलबाट रिलिज गरिएको सो गीतमा रवि मल्लको शब्द रहेको छ । यस्तै गीतमा संगीत भने कल्याण सिंहको रहेको छ ।
निर्देशक गणेश शाहले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, आभा थापा, दिपेश उप्रेती र पूजा तामाङ्गको अभिनय रहेको छ । गीतमा पूजा तामाङको कोरियोग्राफी रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :





