मकवानपुर, २९ असोज ।
मकवानपुर प्रहरीले लागुऔषध गाँजा मुद्दा फरार प्रतिबादी १२ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपापलिका–१२, भञ्जाङ बस्ने ६९ वषीय नाईके भन्ने धनमाया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।
२०६८ माघ १ गते मकवानपुरको साबिक टिस्टुङ गाविसवडा नम्बर ६ मा बस्ने लामालाई थाहा १२ भञ्जाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लामाले आफ्नो घर पछाडी बारीमा १ हजार ४ सय ४० किलो लागुऔषध गाँजा लुकाई छिपाई गरी राखेको अबस्थामा प्रहरीले फेला पारेको थियो । वारदात पश्चात फरारमा रहेकोमा लामाको खोजतलासको क्रममा सोमबार बिहान आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।





