लियो क्लब नारायणगढको स्लो बाइक रेसमा सौगात विजयी

भरतपुर, २८ असोज ।
लियो क्लब अफ नारायणगढ बालकुमारीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगितामा सौगात अर्याल विजयी भएका छन् । क्लबले हरेक वर्ष घटस्थापनाका दिन प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा रमेशबहादुर सिंह फस्ट रनर अप र विज्ञान पौडेल सेकेन्ड रनर अप बने ।

विजयी प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ आरका फस्ट भाइस डिस्ट्रीक्ट गभर्नर एमजेएफ लायन दिनानाथ न्यौपानेले नगद सहित सम्मान गरेका थिए । विजेतालाई ६ हजार रुपैयाँ, फस्ट रनर अपलाई ३ हजार रुपैयाँ र सेकेन्ड रनर अपलाई १ हजार ५०० रुपैयाँले सम्मान गरिएको लियो क्लब अफ नारायणगढ बालकुमारीका प्रेसिडेन्ट लियो अच्युत आचार्यले जानकारी दिए ।

कार्यक्रममा लियो डिस्ट्रीक्ट काउन्सिल ३२५ आर नेपालका प्रेसिडेन्ट किरण लामिछाने, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष तथा डिस्ट्रीक्ट ३२५ आर नेपालका डिस्ट्रीक्ट एक्जुकेटिव चिफ नेत्रप्रसाद आचार्य, डिस्ट्रीक्ट एक्जुकेटिव कोचिफ बालगोपाल चुकेलगायतको उपस्थिति थियो । नारायणगढको क्याम्पाचौरमा आयोजना गरिएको स्लो बाइक रेस प्रतियोगितामा ३५ जना सहभागी थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट