अनिमेषको शब्दमा ‘मन्द मुस्कान’ सार्वजनिक

भरतपुर, २८ असोज । चितवनका स्रस्टा सुजन अनिमेष अधिकारीको शब्द रहेको ‘मन्द मन्द मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपेन्द्र थिङको संगीत रहेको उक्त गीतमा जेके जगत र अनु चौधरीको युगल स्वर रहेको छ । सुमन केसीको संगीत संयोजन रहेको म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा जेके जगत […]

लियो क्लब नारायणगढको स्लो बाइक रेसमा सौगात विजयी

भरतपुर, २८ असोज । लियो क्लब अफ नारायणगढ बालकुमारीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगितामा सौगात अर्याल विजयी भएका छन् । क्लबले हरेक वर्ष घटस्थापनाका दिन प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा रमेशबहादुर सिंह फस्ट रनर अप र विज्ञान पौडेल सेकेन्ड रनर अप बने । विजयी प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट […]

एनआरएनएलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न मन्त्री जोशीको आग्रह

भरतपुर, २८ असोज । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा लगानी गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गरेका छन् । प्रवासी नेपालीहरुले देशको विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंसा गर्दै जोशीले स्वास्थ्यको क्षेत्रमा सहयोग जुटाउन आह्वान गरेका छन् । चितवन सेवा समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको पाँचौं विश्व सम्मेलन एवं दशौं साधारण सभाको उदघाटन गर्दै मन्त्री जोशीले […]

सहकारीले दिने ऋण उत्पादनसँग जोडिनु पर्छ : जोशी

भरतपुर, २८ असोज । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सहकारीले गरेको ऋण लगानी उत्पादनसँग जोडिन आवश्यक रहेको बताएका छन् । नव चितवन बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीको ऋण विलासी वस्तुको खरिदसँग जोडिँदा सहकारीहरु समस्याग्रस्त बन्ने गरेको बताए । उनले भने, “सहकारीको ऋण उत्पादनमा जोडिनु पर्छ । विलासी वस्तुमा […]

कल्पनाको `कचहरी´ कथासङ्ग्रह माथि परिचर्चा

भरतपुर, २८ असोज । कथाकार कल्पना पौडेल जिज्ञासुको `कचहरी´ कथासङ्ग्रहको परिचर्चा गरिएको छ । भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा आइतबार कार्यक्रम गरिएको हो । विश्व नेपाली साहित्य महासंघ चितवन शाखा र लायन्स क्लब अफ चितवन वाङ्मयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्राडा केशवराज चालिसेले कृतिको समीक्षात्मक टिप्पणी राखेका थिए । पुस्तकमा समावेश भएका कथाहरूले हाम्रै परिवेशलाई […]

८७ लाखमा बनेको वडा भवन उद्घाटन

मकवानपुर, २८ असोज । मनहरी गाउँपालिका- ७ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएकाे छ । मनहरी- ७ स्थित बिजौनामा कार्यालय भवन बनेसँगै सेवा सुरु हुने भएकाे छ । आईतबार ७ नम्बर वडा कार्यालयकाे नवनिर्मित भवन नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेसँगै सेवा सुरु हुने भएकाे […]

विकू सहकारीको अध्यक्षमा प्रेमप्रसाद सापकोटा ‘राजु’ सर्वसम्मत

गैँडाकोट, २८ असोज । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रेमप्रसाद सापकोटा ‘राजु’ सर्वसम्मत चयन भएका छन् । संस्थाको ३४ औँ साधारणसभा अन्तर्गत शनिबार गैँडाकोटमा भएको निर्णय प्रमाणित तथा समापन कार्यक्रम तथा नयाँ नेतृत्प घोषणा सभाले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । संस्थाको उपाध्यक्षमा कालीदास गौडेल, सचिवमा गोविन्द कँडेल, कोषाध्यक्षमा पुष्पराज बराल, […]

नारायणी साकोसको अध्यक्षमा पुष्पराज सर्वसम्मत

भरतपुर, २८ असोज । नारायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर-५ को अध्यक्षमा पुष्पराज भट्ट सर्वसम्मत चयन भएका छन् । संस्थाको २६ औँ साधारणसभा अन्तर्गत शनिबार नयाँ सञ्चालक समिति गठन गरेको हाे । संस्थाको उपाध्यक्षमा सम्झना रेग्मी , सचिवमा हरिकृष्ण अधिकारी , कोषाध्यक्षमा दिनेश पङ्गेनी, सह सचिवमा भोजराज भट्टराई चयन भएका छन् । त्यसैगरी […]

खुला कविता प्रतियोगितामा सुनसरीका पराजुली प्रथम

मकवानपुर, २८ असोज । हेटौंडामा भएको खुला कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुलीको `पर्खाल´ कविता प्रथम भएको छ । प्रदेश युवा परिषद बागमतीको आयोजना र साहित्य संगम मकवानपुरको सहकार्यमा भएको राष्ट्रिय युवा कविता उत्सव २०८० को महत्वपूर्ण हिस्साका रूपमा रहेको खुला कविता प्रतियोगितामा पराजुलीले प्रथम स्थान हासिल गरी ४० हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै […]