एनआरएनएलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न मन्त्री जोशीको आग्रह

भरतपुर, २८ असोज ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा लगानी गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गरेका छन् । प्रवासी नेपालीहरुले देशको विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंसा गर्दै जोशीले स्वास्थ्यको क्षेत्रमा सहयोग जुटाउन आह्वान गरेका छन् ।

चितवन सेवा समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको पाँचौं विश्व सम्मेलन एवं दशौं साधारण सभाको उदघाटन गर्दै मन्त्री जोशीले स्वास्थ्यको क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् । भरतपुरमा शनिबार भएको कार्यक्रममा मन्त्री जोशीले चितवनबाट रोजगार र व्यवसायको लागी विभिन्न देशमा गएका नेपालीहरुलाई प्रदेशमा लगाानी गर्न आग्रह गरे । भूकम्प, कोरोना महामारीले देशमा आर्थिक संकट देखा परेको कारण विकासले सोचे अनुसार फड्को नमारेको भन्दै उनले गरिबहरुको बस्तीमा स्वास्थ्य परियोजना ल्याउन अनुरोध गरेका छन् । पिछडिएको बस्तीमा अझै पनि स्वास्थ्य सेवाको पहुँच नभएको बताउँदै मन्त्री जोशीले त्यस्तो ठाँउमा लक्षित गरेर लगानी ल्याउन आग्रह गरेका हुन् ।

बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यको पक्षमा जनउत्तरदायी काम गरेको उनले बताए । मुलुकको आर्थिक अवस्थाका कारण सिमित स्रोत रहेको उनले बताए । नेपालमा कार्यक्रम ल्याउँदा स्वास्थ्यलाई लक्षित गर्न उनले आग्रह गरे । सबैको सहयोगबाट मात्रै मुलुकको विकास सम्भव रहेको उनको भनाइ थियो ।

चितवनबाट विभिन्न देशमा गएका नेपालीहरुले चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति बनाएका हुन् । अध्यक्ष समिर खत्रीले सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई संस्थामा थप गोलबद्ध गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्ने लक्ष्य रहेको बताए । विश्वभरि रहेका चितवनेहरुलाई एकजुट बनाउन संस्था लागेको र अबको २ वर्षभित्रमा संस्थांले आफ्नै भवन पनि निर्माण गर्ने उद्देश्य लिएको अध्यक्ष खत्रीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट