भरतपुर, २८ असोज ।
नारायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर-५ को अध्यक्षमा पुष्पराज भट्ट सर्वसम्मत चयन भएका छन् । संस्थाको २६ औँ साधारणसभा अन्तर्गत शनिबार नयाँ सञ्चालक समिति गठन गरेको हाे ।
संस्थाको उपाध्यक्षमा सम्झना रेग्मी , सचिवमा हरिकृष्ण अधिकारी , कोषाध्यक्षमा दिनेश पङ्गेनी, सह सचिवमा भोजराज भट्टराई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा डिल्लीराम पन्थ, योगप्रसाद खरेल, लोकनाथ भुषाल, लोकराज सापकोटा , सीता कंडेल गौतम र ज्ञानु लुईंटेल चयन भएको निर्वाचन अधिकृत गोविन्दप्रसाद सिग्देलले जानकारी दिए ।
लेखा सुपरीवेक्षण समिति संयोजकमा केशव बहादुर पौडेल , सदस्यमा दामोदर पौडेल र मनोज थापा चयन भएका छन् । नारायणीका संस्थापक अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले नव निर्वाचित समितिलाई संस्थाको श्रीवृद्धि, संस्थागत विकास, सदस्य केन्द्रीयता, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सक्षम होस् भनि शुभकामना व्यक्त गरे ।
यसअघि भएको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोईराला, विशिष्ट अतिथि भरतपुर वडा नम्बर ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, लेखा सुपरीवेक्षण समिति संयोजक पुरुषोत्तम सापकोटालगायतले मन्तव्य राखेका थिए ।
सभामा १० वटा प्रस्तावहरु सह-सचिव हरिकृष्ण अधिकारीले प्रस्तुत गरेका थिए । उक्त प्रस्तावहरु साधारणसभाले पारित गरेको व्यवस्थापक सुशील पाण्डेले जानकारी दिए ।





