सहकारीले दिने ऋण उत्पादनसँग जोडिनु पर्छ : जोशी

भरतपुर, २८ असोज ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सहकारीले गरेको ऋण लगानी उत्पादनसँग जोडिन आवश्यक रहेको बताएका छन् । नव चितवन बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीको ऋण विलासी वस्तुको खरिदसँग जोडिँदा सहकारीहरु समस्याग्रस्त बन्ने गरेको बताए । उनले भने, “सहकारीको ऋण उत्पादनमा जोडिनु पर्छ । विलासी वस्तुमा होइन ।”

पछिल्लो समय सहकारीहरुमा देखिएको समस्या विलासी वस्तुमा ऋण प्रदान गर्दा देखिएको उनले बताए । उनले थपे, “व्यावसायिक घरानाका व्यक्तिहरुले सञ्चालन गरेको सहकारीमा समस्या देखिने गरेको छ ।” सामान्य स्तरका जनताले दैनिकी चलाउनका लागि सञ्चालन गरेका सहकारीहरुको भविष्य भने राम्रो रहेको उनको भनाइ थियो ।
सहकारीका माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पु¥याउनु पर्ने भन्दै उनले अहिलेका सहकारीहरुलाई कसरी अघि वढाउनु पर्ने भन्ने बिषयमा सोच्नु पर्ने बताए । समाज रुपान्तरणमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सहकारीले स्थानीय सरकारले गर्नुपर्ने कामहरु गर्दै आएको बताए ।

संस्थाका अध्यक्ष रामप्रसाद वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेस्कुनका सञ्चालक विद्या कोइराला, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, २३ का वडा अध्यक्ष दीपक दवाडी लगायतले बोलेका थिए । कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट