गैरीमा टोल अनुगमन तथा सरसफाइ

गैंडाकोट, २७ असोज ।
गैंडाकोट नगरपालिका-७ गैरीमा रहेको हरिहर टोल विकास संस्थाको आयोजनामा सरसफाइ गरिएको छ । बडादशैंको आगमनसँगै टोल विकास संस्थाका प्रतिनिधिहरु एवं टोलबासीको सक्रियतामा टोल अनुगमन तथा सरसफाइ गरिएको हो ।

`आफ्नो टोल आफै सफा गरौं´ भन्ने अभियान गरिएको उक्त कार्यक्रममा टोलबासीको सक्रिय सहभागिता रहेको थियो । टोल भित्र रहेका सडक र बाटाका छेउछाउमा रहेका झाडी एवं फोहोरहरु सफा गरिएको छ । टोल सरसफाइ तथा अनुगमनपछि गरिएको कोणसभामा हरिहर टोल विकास संस्थाका सल्लाहकार भानु सापकोटाले समुदायमा सामुहिक भावनाको विकास गरि सामाजिक जागरण ल्याउन यस किसिमका कार्यक्रम नियमित हुनुपर्ने बताए । टोल विकास संस्थासँग आर्थिक स्रोत नभएकोले वडा, नगर एवं अन्य संघसंस्थाले यस विषयमा ध्यान दिनुपर्ने उनले बताए ।

नारायणी माध्यमिक विद्यालय गैंडाकोट-७ का अध्यक्ष एवं पूर्व जनप्रतिनिधि ईश्वरी चापागाईंले गैंडाकोट -७ मा रहेका अन्य टोल विकास संस्था भन्दा हरिहर टोल विकास संस्था अग्रस्थानमा रहेको बताउँदै यस किसिमका कार्यक्रमले समुदायमा सकारात्मक सन्देश जाने बताए ।

हरिहर टोल विकास संस्थाका अध्यक्ष होमप्रसाद सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट