गैरीमा टोल अनुगमन तथा सरसफाइ

गैंडाकोट, २७ असोज । गैंडाकोट नगरपालिका-७ गैरीमा रहेको हरिहर टोल विकास संस्थाको आयोजनामा सरसफाइ गरिएको छ । बडादशैंको आगमनसँगै टोल विकास संस्थाका प्रतिनिधिहरु एवं टोलबासीको सक्रियतामा टोल अनुगमन तथा सरसफाइ गरिएको हो । `आफ्नो टोल आफै सफा गरौं´ भन्ने अभियान गरिएको उक्त कार्यक्रममा टोलबासीको सक्रिय सहभागिता रहेको थियो । टोल भित्र रहेका सडक र बाटाका […]
द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट अर्याल सम्मानित

भरतपुर, २७ असोज । युवा गजलकार कमल अर्याल सम्मानित भएका छन् । गजल मञ्च चितवनले शनिबार कार्यक्रम आयोजना गरी `द्वारिका नेपाल गजल स्मृति पुरस्कार- २०८०´बाट गजलकार अर्याललाई सम्मान गरेको हो । मञ्चका पूर्व अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि पुष्प अधिकारी अञ्जली, द्वारिका नेपालकी धर्मपत्नी पार्वती अर्याल नेपाल, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री र मञ्चका […]
महासंघ प्रदेश कार्यालयमा तालाबन्दी

हेटौंडा, २७ असोज । पत्रकार शुद्धीकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति […]
हेटौंडा–१६ शक्तिका तीन हजारलाई निःशुल्क खानेपानी

हेटौंडा, २७ असोज । हेटौंडा उपमहानगरपालिकाले खानेपानीको उपभोग गर्ने नगरवासीका लागि दिएको सुविधाबाट हेटौंडा–१६ शक्तिका बासिन्दा लाभाम्बित भएका छन् । १७ बर्ष अघि गठन भएको शक्ति खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट बितरण भएको पानीको उपभोग गरेवापत न्यूनतम १ सय रुपियाँ तिर्दै आएका ३ हजार लाभग्रहिले निःशुल्क खानेपानीको उपभोग गर्न पाउने भएका हुन् । सनिवार शक्तिखोला […]
हेटौंडा साईकल रनको उपाधि आशिष थापालाई

हेटौंडा, २७ असोज । हेटौंडा उपमहानगरपालिकाको आयोजना गरेको ‘हेटौंडा साइकल रन’ दोश्रो सस्करण २०८० को उपाधी हेटौंडा–६ का आशिष थापा मगरले हात पारेका छन् । हेटौंडामा शनिवार भएको प्रतियोगितामा सहभागिलाई उछिन्दै आशिषले उपाधि हात पारेका हुन् । प्रतियोगितामा प्रथम भएका आशिषले नगद ५० हजार रुपियाँ हात पारे । प्रतियोगितामा हेटौंडा–६ का हरेराम राई द्धितिय, हेटौंडा–२ […]