आयुर्वेद सेवा प्रवर्धन गर्न अन्तरक्रिया

मकवानपुर, २६ असोज ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तरक्रिया गरिएकाे छ । आयुर्वेद सेवा प्रवर्धन गर्न शुक्रबार हेटौँडामा पत्रकारसँग अन्तरक्रिया गरिएको हाे ।

अन्तरक्रियामा केन्द्रबाट गत आर्थिक वर्षमा २१ हजार ९ सय ५६ जनाले सेवा लिएको केन्द्रका डा. ललिता पाण्डेले जानकारी दिइन्  । ‘विरामीको संख्या बढ्दो छ’ उनले भनिन् ‘हामीले पञ्चकर्मतर्फ ५ सय ३० जनालाई सेवा दिएका छाै‌ँ ।’ त्यस्तै, क्षारसुत्र १ सय ६ जनाले सेवा लिएका छन् । उक्त  सेवा लिँदा २ हजार ५ सय शुल्क लाग्ने बताइएकाे छ । यसैगरी केन्द्रबाट ७ सय ५२ जना जेष्ठ नागरिकले सेवा लिएका छन् ।  २ सय १० जनाले स्तनपायी सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएकाे छ ।

केन्द्र प्रमुख डा. ललिता पाण्डेले आव २०७९/८० काे प्रगति विवरणका साथै केन्द्रबाट दिइने सेवाबारे प्रस्तुति गरेकी थिइन् । उनले मकवानपुरका  ७ स्थानीय तहमा आफ्नो सेवा विस्तार गरिएको बताइन् । हेटौंडामा ८ वटा क्लिनिक, मनहरी र थाहानगरमा एक/एक वटा क्लिनिक सञ्चालनमा रहेको बताइन् । उनले ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिइन् । आयुर्वेद सम्बन्धी कक्षा ९ र १० मा केही जिल्लाहरुमा पढाइ हुने बताउँदै अझै पनि ग्रामीण क्षेत्रमा आयुर्वेद बारे जानकार नभएको उनकाे भनाइ थियाे ।

केन्द्रमा २ हजार २ सय ८ जनाले ल्याव सेवा, १ हजार ९ सय ९७ जनाले फिजियो थेरापी, १ हजार १ सय ९५ जनाले अंकुपञ्चर सेवा लिएको प्रस्तुत गरिएकाे तथ्याङ्कमा उल्लेख छ । पछिल्लो वर्षमा आयुर्वेद स्वास्थ्य सेवा लिने विरामीको संख्या बढे सँगै केन्द्रमा योग हल नहुनु, जनशक्तिको अभाव हुनु, औषधिको अभाव रहनु, तत्काल आफ्नो भवन नहुनु समस्या रहेको डा. पाण्डेले बताईन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट