इजरायलबाट नेपाली लिएर आइपुग्यो वायुसेवा निगमको जहाज

काठमाडौँ, २६ असोज ।
इजरायलबाट २ सय ५३ नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान २:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० केहीबेरअघि शुक्रबार बिहान २ :४२ बजे काठमाडौं अवतरण गरेको हो ।

उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालले गरेका थिए ।

इजरायलबाट फर्किएका नेपालीलाई उनीहरुका आफन्त तथा उनीहरुले चाहेको स्थानमा पुर्‍याउन सरकारले नेपाल प्रहरीका तीन बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको छ ।

ती बसहरुले उद्धार गरी ल्याएका नागरिकलाई उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसम्म सेवा प्रदान गर्ने छन् ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा उद्धारका लागि गएको जहाज इजरायलको तेल अभिभस्थित विमानस्थलबाट दुबई हुँदै काठमाडौं फर्किएको हो ।

गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट