जन्मदिनमा सन्न्यास आश्रमलाई खाद्यान्न सहयोग

देवघाटधाम, २४ असोज ।
लायन्स क्लव अफ चितवन वाङ्गमयकी सह -कोषाध्यक्ष लायन भावना तिमिल्सिना र एनआरएनए पोर्तुगलकी उपाध्यक्ष पुनम गौतमले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन् । देवघाटधामस्थित इन्दिरा सन्न्यास आश्रमका ४० जना माताहरुलाई खाद्यान्न तथा नगद सहयोग गरि उनीहरूले जन्मदिन मनाएका हुन् ।

बाल विधवा एवम् विभिन्न अप्ठ्यारोका कारण देवघाटमा कुटी बनाएर एकल जीवन बिताउँदै आएका माता यस आश्रममा छन् ।
पितृ पक्ष तथा हिन्दुहरुको महान चाड बडादशैँको अवसरमा माताहरुलाई जीवनयापन गर्न सहज होस् भनि जनही १० किलो चामल, साबुन, तेल, नुनलगायतका खाद्यान्नसँगै नगद हस्तान्तरण गरिएको थियो ।

लायन भावना तिमिल्सिना र पुनम गौतमको जन्मोत्सव पारेर लायन्स क्लब अफ चितवन वाङ्गमयले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ आर नेपालका प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर एमजेएफ लायन दिननाथ न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा कल्पबास बसेका माताहरुलाई सहयोग गरेर तिमिल्सिना र गौतमले ठूलो पुण्य गरेको र आगामी दिनमा यो सहयोगको कार्यक्रम अझै अगाडि बढ्नेछ भन्दै शुभकामना एवम धन्यवाद दिँदै गभर्नर अनर पिनले सम्मान गरेका थिए ।

आश्रमकी संरक्षक इन्दिरा माताले जन्मदिन परेका छोरीहरुको यो सहयोग देखेर खुशी हुँदै आशीर्वाद दिइन् । लायन्स क्लब अफ चितवन वाङ्मयकी अध्यक्ष लायन लीला राना मास्कीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रीक्ट एक्ज्युकेटिभ चिफ एमजेएफ लायन प्रभाकर पण्डित, क्लस्टर ५ का चिफ एमजेएफ लायन पुरन थापामगर, रिजन १७ का चियरपर्सन लायन गोविन्द अर्याल, जोन ३६ का जोन चियर पर्सन लायन हरिप्रिया रिजाल, पुर्व अध्यक्ष लायन रामहरि शर्मा शराह, लायन सुजन अधिकारी, लायन कर्णेल धनबहादुर मास्की राना, लायन बिदुर अधिकारी, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सचिव सिर्जना अर्याल, लोकनाथ सापकोटा, जेसिसका राष्ट्रिय मोटिभेटर श्याम पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण वाङ्मयका सचिव राजेन्द्र पौडेलले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट