जन्मदिनमा सन्न्यास आश्रमलाई खाद्यान्न सहयोग

देवघाटधाम, २४ असोज । लायन्स क्लव अफ चितवन वाङ्गमयकी सह -कोषाध्यक्ष लायन भावना तिमिल्सिना र एनआरएनए पोर्तुगलकी उपाध्यक्ष पुनम गौतमले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन् । देवघाटधामस्थित इन्दिरा सन्न्यास आश्रमका ४० जना माताहरुलाई खाद्यान्न तथा नगद सहयोग गरि उनीहरूले जन्मदिन मनाएका हुन् । बाल विधवा एवम् विभिन्न अप्ठ्यारोका कारण देवघाटमा कुटी बनाएर एकल […]

राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि २० कविता छनौट

मकवानपुर, २४ असोज । प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयाेजना गरिने राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट गरिएकाे छ । उत्कृष्ट २० कविताका साथै कविहरुकाे समेत नामावली सार्वजनिक गरिएको हाे । असोज ८ गते प्रकाशित सूचनाबमोजिम प्राप्त कवितामध्ये चितवन, सिराहा, स्याङ्जा, रसुवा, नुवाकोट, दैलेख, भक्तपुर, तनहुँ, […]

देवचुलीको स्थानीय वन ऐन २०७९ कार्यान्वयन सम्बन्धि छ्लफल

देवचुली, २४ असोज । देवचुली नगरपालिकाको स्थानीय वन ऐन २०७९ कार्यान्वयनका लागि छ्लफल तथा अन्तरक्रिया गरिएको छ । ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाको आयोजनामा सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको हो । देवचुलीमा निर्माण भएको स्थानीय वन ऐन २०७९ कार्यान्वयन गर्नुका साथै ऐनमा संशोधन गर्नुपर्ने विषयमा छ्लफल गर्न कार्यक्रम गरिएको ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका अध्यक्ष ठाकुरप्रसाद […]

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगिता सुरु

मकवानपुर, २४ असोज । २१ औं स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । जेसीआई बसामाडीको आयोजनामा सुरु भएको जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिताको पहिलो खेलमा हेटौँडा–१० स्थित नारायणी कलेज विजयी भएको छ । यस्तै बुधबार बिहान भएको र दोस्रो खेलमा हेटौँडा–११ स्थित छहारी युवा सेवा समाज विजयी भएको छ । हेटौँडा–४, हुप्रचौरस्थित […]

मकवानपुर प्रहरीद्वारा लागूऔषध सहित २ जना नियन्त्रणमा

मकवानपुर, २४ असोज । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको । प्रहरीले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट मंगलबार राति २ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जिल्लाको राक्सिराङ गाउँपालिका ५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी […]

भरतपुर महानगरले गर्‍यो बजार अनुगमन

भरतपुर, २४ असोज । भरतपुर महानगरपालिकाले चाडपर्व लक्षित गरेर बुधबार दैनिक उपभोग्य बस्तुको बजार अनुगमन गरेको छ । बजारमा व्यापक मात्रामा कालोबजारी भएको, राजश्व छली भएको, अखाद्य वस्तुको बिक्री वितरण भएको, अवैधानिक वस्तुहरुको खुलेआम रुपमा कारोबार भएको जनगुनासो आएपछि महानगरले पुन: बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाएको हो । बुधबारको अनुगमनामा महानगरले वडा नम्बर ११ […]

व्यवसायीसँग हंसको भेटघाट तथा शुभकामना आदानप्रदान

भरतपुर, २४ असोज । नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय व्यवसायीसँग भेटघाट तथा विजयादशमी विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सदस्यसँग नजिकको सम्बन्ध राख्ने तथा सदस्य विस्तार गर्ने संस्थाको वार्षिक कार्यक्रम अनुसार नारायणगढ बजारक्षेत्र अन्तर्गत गंगोत्री मार्ग र जुन हलरोडका व्यवसायीको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष […]

विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

भरतपुर, २४ असोज । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । आज बुधबार राति ११ बजे संयुक्त अरब इमिरेट्सको दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ । इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । […]

बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सम्मानित

हेटौंडा, २४ असोज । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गरेका हुन् । मन्त्री जोशी गत जेठ ७ […]