विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाने

भरतपुर, २४ असोज ।
सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

आज बुधबार राति ११ बजे संयुक्त अरब इमिरेट्सको दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।

इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त बनेको इजरायलबाट सयौँ नेपाली स्वदेश फर्किन चाहेका छन् । स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन् । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन लिइरहेको छ ।

विभिन्न मुलुकबाट हवाई रुट अनुमति लिनुपर्ने असहजताले उद्धारमा केही ढिलाइ भएको छ । नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर उडान भरेर मृतकको शव तथा त्यहाँ रहेकालाई उद्धार गर्ने सरकारको तयारी छ ।

हमास समूहको आक्रमणबाट घाइते भएका चार जना नेपालीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएकाे दूतावासले जनाएकाे छ ।

यस्तै, हराइरहेका एक जना नेपाली विद्यार्थीकाे खाेजीकार्य भइरहेकाे छ ।

इजरायलवासी सम्पूर्ण नेपाली नागरिकरूलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि दूतावासले अनुराेध गरेकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट