राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि २० कविता छनौट

मकवानपुर, २४ असोज ।
प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयाेजना गरिने राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट गरिएकाे छ । उत्कृष्ट २० कविताका साथै कविहरुकाे समेत नामावली सार्वजनिक गरिएको हाे ।

असोज ८ गते प्रकाशित सूचनाबमोजिम प्राप्त कवितामध्ये चितवन, सिराहा, स्याङ्जा, रसुवा, नुवाकोट, दैलेख, भक्तपुर, तनहुँ, काठमाडौँ, धादिङ, रौतहट, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका १/१, गोरखाका २ र मकवानपुरका ४ कविहरूका कविता छनौट चरणमा परेका प्रदेश युवा परिषद्का कार्यालय प्रमुख शारदाकुमारी मैनालीले जारी गरेकाे सूचनामा उल्लेख छ ।

उत्कृष्ट २० मा पर्न सफल कविहरूबीच असोज २७ गते शनिबार प्रतिस्पर्धा गराइनेछ । रोयल पार्टी प्यालेस हेटौंडा- ४ मा हुने प्रतियाेगितामा प्रथम हुने कविले ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकाे छ । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्ने छ ।

यसैगरी कविता वाचनकाे अवसरमा ‘नयाँ पुस्तामा कविता क्रेज’ विषयक बहस कार्यक्रम गरिनेछ । यसका साथै कवि विप्लव प्रतीकको एकल कविता वाचन सत्र समेत हुने साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलाले बताए । मकवानपुरका स्रस्टालगायतका पुस्तकहरू प्रदर्शनीमा राखिने समेत बर्तौलाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट