भरतपुर महानगरले गर्‍यो बजार अनुगमन

भरतपुर, २४ असोज ।
भरतपुर महानगरपालिकाले चाडपर्व लक्षित गरेर बुधबार दैनिक उपभोग्य बस्तुको बजार अनुगमन गरेको छ । बजारमा व्यापक मात्रामा कालोबजारी भएको, राजश्व छली भएको, अखाद्य वस्तुको बिक्री वितरण भएको, अवैधानिक वस्तुहरुको खुलेआम रुपमा कारोबार भएको जनगुनासो आएपछि महानगरले पुन: बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाएको हो ।

बुधबारको अनुगमनामा महानगरले वडा नम्बर ११ र १२ मा रहेका दैनिक उपभोग्यका किराना, दूध डेरी , मासु पसल र रेस्टुरेन्टहरुलाई केन्द्रीत गरेको थियो । अनुगमनका क्रममा विशालचोक स्थित ‘पुरी किराना तथा कोल्ड स्टोर्समा म्याद गुज्रिएका मसला तथा विस्कुटहरु फेला पारी महानगरले डिस्पोजल प्रयोजनको लागि ती सामानलाई पसलबाट नियन्त्रणमा लिएको छ ।

त्यस्तै ‘द हाइड आउट क्याफे एन्ड रेस्ट्रो’ भरतपुर ११ मा खाद्य स्वच्छता कायम नभएको, हाइजिन मेनटेन नगरेको लगायत निक्कै कैफियत देखिएपछि कारोबार बन्द गरेर महानगरमा सम्पर्क राख्न अनुगमन प्रतिनिधि तथा खाद्य निरीक्षक बन्दना पन्तले सुझाएकी थिइन् । सोही बमोजिम सञ्चालकले आफ्नो पसल बन्द गरेका थिए ।

भरतपुर- ११ मा रहेका केही रेस्टुरेन्टहरु भने सफा र स्वच्छ भेटिएको छ । सो क्रममा अनुगमन टोलीले उनीहरुलाई धन्यवाद सहित सरसफाई र गुणस्तरमा कमी नगर्न निर्देशन दिइएको छ ।

त्यस्तै अनुगमनमा अखाद्य रङको प्रयोग गरेको, अखाद्य तेलको बिक्रीवितरण गरेको, र साइट्रिक एसिडयुक्त अमिलोहरु फेला पारी महानगरले ती सामानहरु नियन्त्रणमा लिएको छ।
अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालय भरतपुरकी खाद्य निरीक्षक बन्दना पन्तले विगतको तुलनामा सुधार भएको पाइएको बताइन् । व्यापारीहरु पनि सचेत रहेकाले पनि आज सुधार भेटिएको र केहिमा भने कैफियत भेटिएकाले बन्द गर्न निर्देशन दिएको बताइन् । उनले भनिन् ‘आजको अनुगमन सुधारात्मक केन्द्रित रहेकोले सोही अनुरुप निर्देशन गरिएको छ ।’

भरतपुर- २ का वडाध्यक्ष मनोज रानाभाटको संयोजकत्वमा भएको बजार अनुगमन टोलीमा भरतपुर ११ की जनप्रतिनिधि लालमाया लामा, महानगर कार्यपालिका सदस्यद्वय गोपाल दराई र विष्णुबहादुर भुजेल, थानेश्वर सापकोटा, नगरप्रहरीका इन्स्पेक्टर मेघराज भट्टराई, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनकी खाद्य निरीक्षक बन्दना पन्तलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट