मकवानपुर, २३ असोज ।
बागमती प्रदेश मन्त्रीपरिषद्को मंगलबारको बैठकले बिभिन्न ४ वटा निर्णय गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्नेलगायतका ४ वटा निर्णय गरेको
बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले बताए ।
बागमती प्रदेश मन्त्रीपरिषद्ले गरेको निर्णयहरु :
१) खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्ने ।
२) चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम ( मकवानपुर, चितवन र धादिङ ) सम्बन्धि कार्यबिधी २०८०, स्वीकृत गर्ने ।
३) प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजेदेखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।
४) प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने ।





