मकवानपुर, २३ असोज ।
हेटौंडामा क्रेनले ठक्कर दिँदा सहचालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो हेटौँडा उपमहानगरपालिका-१० कर्राचोक नजिकै प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्दा ठक्कर लागि सहचालक सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्रेनले ठक्कर दिँदा गम्भिर घाईते पर्सा, बिरगन्ज- ३० लालपर्सा बस्ने २८ वर्षीय पासवानलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





