गैँडाकोट, २९ भदौ ।
गैंडाकोट नगरपालिका- २ स्थित बालविकास ईङ्लिस बोर्डिङ स्कूलमा शुक्रबार नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गैंडाकोट-४ स्थित स्मल हार्ट एकेडेमी प्रथम भएको छ ।
किड्स होम एकेडेमी द्वितीय र जनक नमुना मावि तृतीय भएका छन् । प्रतियोगितामा गैंडाकोट नगरपालिकाका निजी तथा संस्थागत गरि २३ वटा विद्यालयको सहभागिता रहेको थियो । बाल अधिकार, राष्ट्र राष्ट्रियता, नेपाली मौलिक संस्कृति, रीतिरिवाज परम्परा, सामाजिक परिवर्तन, शैक्षिक तथा सामाजिक चेतनामुलक शीर्षकमा रहेर सहभागी विद्यार्थीहरुले गीत प्रस्तुत गरेका थिए ।
गैंडाकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको ब्यवस्थापन भने बाल विकास ईङलिस बोर्डिङ स्कूलले गरेको थियो ।





