नगरस्तरीय तीज गीत प्रतियोगिता स्मल हार्ट एकेडेमी प्रथम

गैँडाकोट, २९ भदौ । गैंडाकोट नगरपालिका- २ स्थित बालविकास ईङ्लिस बोर्डिङ स्कूलमा शुक्रबार नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गैंडाकोट-४ स्थित स्मल हार्ट एकेडेमी प्रथम भएको छ । किड्स होम एकेडेमी द्वितीय र जनक नमुना मावि तृतीय भएका छन् । प्रतियोगितामा गैंडाकोट नगरपालिकाका निजी तथा संस्थागत गरि २३ वटा विद्यालयको सहभागिता रहेको […]

कर्णेलले दिए जन्मदिनमा फरक क्षमताका विद्यार्थीलाई ल्यापटप

कावासोती, २९ भदौ । लायन्स क्लव अफ चितवन वाङ्गमयका सल्लाहकार लायन कर्णेल धनबहादुर मास्की रानाले ७६औँ जन्मदिनको अवसर पारेर फरक क्षमता भएका यमबहादुर खम्चा मगरलाइ ल्यापटप उपलब्ध गराएका छन् । अटिजमले प्रभावित आधुनिक प्रविधिसँग रमाई रहेका यमबहादुर खाम्चा मगर जसले १२ कक्षासम्मको अध्ययन पुरा गरी बेसिक कम्प्युटर कोर्स पूरा गरेका छन् । खाम्चाले खुट्टाले कम्प्युटर […]

महानगर प्रज्ञाप्रतिष्ठानको चित्रकला प्रतियोगितामा अङ्कुरम् एकेडमीकी दिविजा प्रथम

भरतपुर, २९ भदौ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा गरिएको चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ । प्रज्ञा प्रतिष्ठानले महानगरको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा गत बुधबार भरतपुर महानगरका आधारभूत तहका विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । बालदिवसको सन्दर्भमा आयोजना गरिएको प्रतियोगितामा अङ्कुरम् एकेडेमीकी कक्षा- ३ मा अध्ययनरत दिविजा रेग्मी प्रथम भएकी […]

धर्म, ईश्वर, नियति र बीपी कोइराला

धर्म, ईश्वर र नियतिका बारे बीपी कोइरालाको धारणाको सम्बन्धमा धेरै कुराहरू लेखिएका छन् र थुप्रै मञ्चहरूमा प्रशस्त बहसहरू भएका छन् । बीपीको “आत्मवृत्तान्त” को भूमिकामा गणेशराज शर्माले उल्लेख गर्नुभएको एउटा प्रसंग छ जसले बीपीको स्वभावलाई बुझ्न धेरै हदसम्म मद्दत गर्दछ । वि.सं. २०३८ साल कार्तिक १० गतेको कुरा हो- गणेशराज शर्माको निवासमा उहाँ स्वयं, दमननाथ […]

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

भरतपुर, २९ भदौ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा २०६३ सालपछि भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउँदै आइएको छ । यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष […]