आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

भरतपुर, २९ भदौ ।
आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा २०६३ सालपछि भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउँदै आइएको छ । यस वर्षको बालदिवसको नारा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने रहेको छ ।

सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो ।
२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरू गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट