महानगर प्रज्ञाप्रतिष्ठानको चित्रकला प्रतियोगितामा अङ्कुरम् एकेडमीकी दिविजा प्रथम

भरतपुर, २९ भदौ ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा गरिएको चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ । प्रज्ञा प्रतिष्ठानले महानगरको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा गत बुधबार भरतपुर महानगरका आधारभूत तहका विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।

बालदिवसको सन्दर्भमा आयोजना गरिएको प्रतियोगितामा अङ्कुरम् एकेडेमीकी कक्षा- ३ मा अध्ययनरत दिविजा रेग्मी प्रथम भएकी छन् । यसैगरी प्रतियोगितामा नारायणी नमूना मावि भरतपुरकी कक्षा ५ की जेनिसा सारु मगर द्वितीय, प्रज्ञा एकेडेमीकी कक्षा ५ की रोशनी बिक तृतीय र जनप्रिय पब्लिक स्कूलमा कक्षा ५ कि समृद्धि महतोले सान्त्वना स्थान हासिल गरे ।

`बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी´ भन्ने मूल नाराका साथआयोजना गरिएको विशेष समारोहमा विजयी विद्यार्थीहरूलाई भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौड्याल, महिला, बालबालिका तथा सामाजिक विकास महाशाखाकी निर्देशक शान्ताकुमारी पौडेल, प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, सदस्य सचिव बालकृष्ण थपलियाले नगद पुरस्कारसहित सम्मान गरेका थिए । प्रतियोगितामा १०६ वटा आधारभूत विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका र प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान
हासिल गर्ने एक-एक जनालाई क्रमश: पाँच,चार,तीन,दुई हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको ज्ञाप्रतिष्ठानका सदस्य सचिव थपलियाले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकका कलाकारहरू रामहरि श्रेष्ठ, प्रकाश थापा प्रथा र दामोदर बराल रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट