भरतपुर, ९ भदौ ।
नेवाः पुचः नारायणगढले नि:शुल्क योग शिविर गरेको छ । पतञ्जली योग समिति चितवनको सहकार्यमा संस्थाको कार्यालयमा योग शिविर गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रकुमार श्रेष्ठ सभापति तथा समाजसेवी तथा नेवा: पुच: का निवर्तमान अध्यक्ष ज्ञानेन्द्रमान शाक्य प्रमुख अतिथि रहेको उक्त शिविरमा पतञ्जली योग समितिकी अस्मिता पाण्डेले प्रशिक्षण दिएकी थिइन् । भदौ ६ देखि ९ गतेसम्म चलेको शिविरमा नेवाः पुचःका सदस्यहरु तथा सर्वसाधारण गरी करीब ४० जनाले दैनिकरूपमा भाग लिएका थिए ।
संस्थाको उद्देश्य नेवारी कला, संस्कृति, परम्परा संरक्षण तथा सम्बर्द्धन गर्ने भएतापनि नेवाः पुचः एक समाजिक संस्था पनि भएको हुनाले आम समुदायको स्वास्थ्यको हित तथा जनचेतनाको लागि योग शिविर आयोजना गरिएको संयोजक रमेश श्रेष्ठले बताए ।





