केन्द्रीय बस टर्मिनललाई नमुना बसपार्क बनाउँछौं : प्रमुख दाहाल

भरतपुर, ९ भदौ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमुना बसपार्कका रूपमा विकास गर्ने बताएकी छिन् । बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताएकी हुन् । बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाइ, मर्मतसम्भारलगायतका काम भइरहेको प्रमुख दाहालले बताइन् । सघन […]
२०८० भदौ १० गते आइतबारको कायाकैरन दैनिक (ePaper)

क्रसर उद्योगको स्रोत नखुलेको नदीजन्य पदार्थ पुनः नापजाँच गरिने

राप्ती, ९ गते । राप्ती नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । त्यस क्रममा पसल, व्यावसाय र क्रसर उद्योग अनुगमन गरेको हो । एक हप्ताअघि राप्ती को वडा नम्बर १, २ र ३ मा बजार अनुगमन गरिएकोमा यस पटक भने वडा नम्बर ७ र ८ मा रहेको बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा केही […]
`छुटेको प्रचण्ड´ खोज्दै राजुको कविता यात्रा

भरतपुर, ९ भदौ । शनिबार साँझ नारायणी कला मन्दिरमा चितवनका कवि लेखकको बाक्लै उपस्थिति देखियो । खासमा कवि राजु स्याङ्तानलाई सुन्न कवि लेखक यसरी कला मन्दिरमा भेला भएका थिए । पानी बन्द भएर आकाश खुलेपछि कवि लेखक फुरुङ्ग हुँदै त्यहाँ आएका थिए । कविता यात्रा लिएर कवि स्याङ्तान चितवन आएका हुन् । उनको `ओ पेङ् […]
नेवा: पुच: द्वारा नि:शुल्क योग शिविर

भरतपुर, ९ भदौ । नेवाः पुचः नारायणगढले नि:शुल्क योग शिविर गरेको छ । पतञ्जली योग समिति चितवनको सहकार्यमा संस्थाको कार्यालयमा योग शिविर गरेको हो । संस्थाका अध्यक्ष शुक्रकुमार श्रेष्ठ सभापति तथा समाजसेवी तथा नेवा: पुच: का निवर्तमान अध्यक्ष ज्ञानेन्द्रमान शाक्य प्रमुख अतिथि रहेको उक्त शिविरमा पतञ्जली योग समितिकी अस्मिता पाण्डेले प्रशिक्षण दिएकी थिइन् । भदौ […]
दुना टपरी बनाउन सिक्दै विद्यार्थी

देवचुली, ९ भदौ । देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ ।पढाइसँगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयमा अध्ययनरत कक्षा ५,६ र ७ का विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको हो । शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत सालको पातबाट बनाईने […]
नेपाली काङ्ग्रेस कसैको इसारामा चल्ने पार्टी होइन : भट्टराई

भरतपुर, ९ भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काङ्ग्रेस कसैको इसारामा नचल्ने बताएका छन् । `नेपाली काङ्ग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी हो, हाम्रो पार्टी कसैको इसारा र ललिपपमा चल्दैन´, नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र नम्बर २ ख चितवनले शनिबार भरतपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले भने – `काङ्ग्रेसको अगाडि […]
पूर्व प्रअको स्मृति दिवसमा विद्यार्थीलाई लेखन सामग्री

गैंडाकोट, ९ भदौ । गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा रहेको श्री भाग्योदय प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्व. जगदिश अधिकारीको २८औं पुण्य स्मृति दिवसमा विद्यालयका छात्रछात्राहरूलाई लेखन सामग्रीहरू हस्तान्तर गरिएको छ । स्व. अधिकारीको पुण्य स्मृति दिवस कार्यक्रममा शिक्षा क्षेत्रमा उनको योगदानका विषयमा चर्चा गरिएको थियो । विद्यालयको कामले सदरमुकाम परासी जाँदा बस दुर्घटनामा अधिकारीको […]