दुना टपरी बनाउन सिक्दै विद्यार्थी

देवचुली, ९ भदौ ।
देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ ।पढाइसँगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयमा अध्ययनरत कक्षा ५,६ र ७ का विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको हो ।

शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत सालको पातबाट बनाईने दुना टपरीको आवश्यकता, महत्व र विशेषताका बारेमा प्रकाश पार्दै विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्रकान्त पौडेलले बताए । विद्यार्थीहरुलाई परम्परागत सीप सिकाउने उद्देश्यले विद्यालयले विद्यार्थीहरुलाई दुना टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेको उनले बताए । प्रधानाध्यापक पौडेलका अनुसार विद्यालयले हरेक शुक्रबार फरक फरक अतिरिक्त क्रियाकलाप संचालन गरि विद्यार्थीहरुलाई सहभागी गराउने गरेको छ ।

विद्यालयस्तरबाटै जीवन उपयोगी सीप सिकाउँदा मौलिक कला परम्परा जगेर्ना हुनुको साथै विद्यार्थीहरूलाई व्यावहारिक रुपमा समेत सहयोग पुग्ने देवचुली वडा नम्बर ४ का अध्यक्ष गिरबहादुर थापा (राम)ले बताए ।

विद्यालयले नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीहरुलाई सालको पातबाट दुना, टपरी तरिका बनाउन सिकाउने कार्य उदाहरणीय भएको उनले बताए । समाजमा भोजभतेर, पूजाआजा जस्ता कार्यक्रममा प्रयोग गरिने दुना टपरी पछिल्लो समय कागज र प्लाष्टिकका प्लेट प्रयोग बढेपछी लोप हुँदै गएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट