हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड प्रथम

गैंडाकोट, १९ साउन ।
निजी तथा आवासीय विद्यालय अर्जनाइजेशन नेपाल (प्याब्सन) गैँडाकोट नगर समितिको आयोजनामा भएको अन्तर आधारभूत स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कूल प्रथम भएको छ ।

प्रतियोगितामा अमर इङ्गलिस बोर्डिङ स्कुल द्वितीय र सरस्वती निकेतनले तृतीय स्थान हासिल गरेका छन् । सो अवसरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

गैँडाकोट नगर प्याब्सनका उपाध्यक्ष विनोद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष दीपक रावत, अक्सफोर्ड कलेज एण्ड म्यानेजमेन्ट एण्ड ईन्जिनियरिङका प्राचार्य प्रोफेसर ई. हरि भण्डारी, अक्सफोर्ड सेकेन्डरी स्कूलका सहप्रचार्य चिरञ्जीवी पोखरेललगायतले मन्तव्य राखेका थिए ।

गैँडाकोटका ११ विद्यालय सहभागी रहेको प्रतियोगिताको सहजीकरण अक्सफोर्ड सेकेन्डरी स्कुलका लेखा प्रमुख नारायण सिग्देलले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट