देवचुलीमै बन्ने भयो ट्रमा सेन्टर

देवचुली, १७ साउन ।
देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया सुरु भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले देवचुली नगरपालिकामा बन्ने ट्रमा सेन्टरका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न सघन सहरी तथा भवन निर्माण आयोजनालाई पत्राचार गरेको छ । नेपाल सरकारले ट्रमा सेन्टर निर्माण कार्य, देवचुली नवलपरासी (पूर्व) भन्ने कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल सरकारको चालु आर्थिक वर्षको नीति र कार्यक्रममा देवचुलीमा ट्रमा सेन्टरको स्थापना गर्ने भन्ने नीतिगत व्यवस्था भएअनुसार बजेट विनियोजन भएकाले देवचुली १७ झरही खोला किनारमा जग्गा व्यवस्थापन गर्ने निर्णय गरिसकेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । सरकारको बजेट वक्तव्यमा गैंडाकोटमा प्राथमिक ट्रमा सेन्टर निर्माण हुने भएपछि स्थानीयमा कतै देवचुलीमा ट्रमा सेन्टर नबन्ने हो कि भन्ने अन्यौलता छाएको थियो ।

बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिने भएपछि देवचुलीबासीमा खुसी छाएको छ । ट्रमा सेन्टर निर्माणपछि देवचुलीबासी मात्रै नभई सम्पूर्ण नवलपुरबासी लाभान्वित हुने सरोकारवालाहरूको अपेक्षा छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट