काठमाडौं, १७ साउन ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने घटाएको छ ।
निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको प्रतिलिटर ९ रुपैयाँ, डिजेल तथा मट्टितेलको ७ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ । ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ ।




