भरतपुर, १३ साउन ।
चितवन साइकल राइडर्स क्लबले २०८०- २०८२ को लागि कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । २०८० असार २३ गते शनिवार सम्पन्न क्लवको तेश्रो बार्षिक साधाणसभा तथा दोश्रो अधिवेशनबाट पदमबहादुर बानियाँको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा सम्पन्न गरिने कार्यक्रमहरुको कार्ययोजना बनाएको हो ।
प्राथमिकता अनुसार विभिन्न संघसंस्थालगायत स्थानीय निकायको सहयोमा र समन्वयमा सम्पन्न गर्ने गरि दुई वर्षे कार्ययोजना तयार पारिएको कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले बताए । सहजीकरण रसिक प्रधानले गरेका थिए ।





