बिपि स्मृति दिवसको अवसरमा बुलिङटारमा बिचार गोष्ठी

बुलिङटार, ६ साउन ।
४१ औं बिपि स्मृति दिवसको अवसरमा बुलिङटार गाउँपलिकामा बिपि बिचार तथा हाम्रो भूमिका विषयक बिचार गोष्ठी कार्यक्रम भएको छ । वक्ताहरुले आजको समयमा बिपिको सिद्धान्त व्यवहारमा लागू गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस नवलपुरका सह- सचिव राजेश पौडेलले बिपिको सिद्धान्त र उहाँको सपना पूरा गर्न काङ्ग्रेस नेतृत्व लाग्नुपर्ने कुरामा जोड दिए । देशको ठूलो पार्टी सत्तामा हुँदा पनि जनताका समस्या समाधान गर्न नसके जनताले सधैं काङ्ग्रेसलाई साथ दिन नसक्ने बताउँदै पौडेलले बिपिको समाजबाद व्यबहारमा लागू गर्नुपर्ने बताए ।

कार्यक्रममा बुलिङटार गाउँपालिका नेपाली काङ्ग्रेसका सभापति ओमकुमार श्रेष्ठले वर्षको एक दिनमात्र बिपिलाई सम्झेर नहुने बताउँदै विकट गाउँका जनताका समस्या समाधान गर्न काङ्ग्रेस लाग्नुपर्ने बताए ।

बिचार गोष्ठी कार्यक्रमपूर्व बिपिको सम्झनामा बुलिङटार गाउँपालिका वडा नम्बर ६ मा वृक्षरोपण कार्यक्रम पनि गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट