शनिबारे मेलामा स्थानीय उत्पादन

चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे स्थानीय उत्पादन प्रबर्द्धन मेला” को एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न मेलाको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । प्रमुख अतिथि दाहालले स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा नै उत्पादित ताजा फलफुल तथा तरकारीहरु एकै स्थानमा पाइने मेलाले स्थानीय उपभोक्ताहरुको मन जित्ने बताइन् । उनले यस्ताखाले मेलाले वास्तविक किसानहरुको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिन् । उनले मेलाबाट समग्र स्थानीय क्रेता तथा विक्रेताहरुको आवश्यकतालाई पूर्ति गर्न सक्ने विश्वास समेत व्यक्त गरिन् ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको स्वागतसँगै मेलाको बारेमा जानकारी गराएका थिए । अध्यक्ष कँडेलले उत्पादनमा आत्मनिर्भर नभएसम्म विभिन्न विषम परिस्थितिको सामना गर्न चूनौतिपूर्ण हुने गरेको विगतको इतिहासलाई समेत मध्यनजर गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धनात्मक कार्यलाई उच्च महत्व दिँदै प्रदर्शनी तथा प्रवद्र्धन मेला आयोजना गर्दैै आइरहेको सन्दर्भमा स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशिलतामा जोड्ने र स्वरोजगार बनाउन सहयोग पु¥याउने उद्देश्यसहित मेलाको आयोजना गरिएको बताए । आगामी हप्ताहरुमा आयोजना गरिने मेलाहरुमा विभिन्न उत्पादनहरुलाई जोड्दै लैजाने अध्यक्ष कँडेलले बताए ।

प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म आयोजना गरिने “शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” मा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा नै उत्पादित ताजा फलफुल तथा तरकारीहरु, चिउरी, तामा, कुसुम, न्यूरो, लरकैया, मह, गिठ्ठा, भ्याकुर, घरेलु अचार तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, स्थानीय रैथाने उत्पादन र कोदो तथा फापरको रोटी, सेलरोटी, पोल्ट्रीजन्य, दुग्धजन्य उत्पादनहरु, गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र खानाका विभिन्न परिकारका ४० वटा स्टलहरु रहेका छन् ।

मेलाको माध्यमबाट पूर्ण उपभोग हुन नसकेका उत्पादनहरुको बजारीकरणमा सहयोग हुने र व्यवसायिक उत्पादनका लागि प्रोत्साहन मिली नवउद्यमी सिर्जना गर्नमा समेत सहयोग पुग्ने र मेलाको माध्यमबाट सुस्ताएको वर्तमान आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन र स्थानीय व्यवसायको प्रवद्र्धनका लागि समेत सहयोग पुग्ने अध्यक्ष कँडेलले बताए ।

मेलामा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, जिल्ला प्रहरी कार्याालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्की, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक शशी पाण्डे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, संघका पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, चितवन चेम्बर अफ कमर्शका अध्यक्ष एवम् प्रतिनिधि, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष, संघका वस्तुगत समितिका अध्यक्ष एवम् प्रतिनिधिहरु, पालिका समितिका अध्यक्ष एवम् सदस्यहरु, स्थानीय टोल विकास संस्थाका अध्यक्षहरु, महिला तथा युवा उद्यमी मञ्चका अध्यक्ष एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गरेको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट