पद्मश्री पुरस्कारका लागि १५ वटा कृतिको सूची सार्वजनिक

भरतपुर, १५ असार ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ वटा कृतिको विस्तारित सूची सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष प्रकाशित मध्ये एक सय ८० पुस्तक प्राप्त भएका र ती मध्ये निर्णायक समितिले पहिलो चरणको उत्कृष्ट १५ वटाको विस्तारित सूची सिफारिस गरेको प्रतिष्ठानले जनाएको छ ।

दोश्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गरिने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरु मध्येबाट उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

१५ वटा पुस्तकको सूची यसप्रकार छ :

१) आतोओडा -जानुका खतिवडा

२) इजोरिया – सुबिन भट्टराई

३) ऐँठन – विवेक ओझा

४) चिसो बाफ – गोपी सापकोटा

५) थाङ्ग्रा – प्रगति राई

६) पर्वतपर्वतमा बटुवा घाम – रमेश क्षितिज

७) पानीघट्ट – सुरेश प्राञ्जली

८) ब्रम्हास्त्र – शैलेन्द्र अधिकारी

९) बाआमा – रामलाल जोशी

१०) भग्न भैरव – प्रोल्लास सिन्धुलीय

११) मनु – डा. देवीप्रसाद सुवेदी

१२) मफलर – प्रदीप रोदन

१३) यशोधरा – हरिबोल काफ्ले

१४) शून्यको मूल्य – डा. नवराज केसी

१५) सन्तापको धून – अशोक थापा

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट