किसानको वार्षिकोत्सवमा २३८ जनाले गरे रक्तदान

गैँडाकोट, १५ असार । किसान बचत तथा ऋण सहकारी संस्थाको २८औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेका छन् । संस्था स्थापना दिवसको अवसरमा गैँडाकोट र कावासोतीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिए । किसान बचत तथा ऋण […]
धान दिवसका अवसरमा सैनिक महाविद्यालयमा विविध कार्यक्रम

खैरहनी, १५ असार । श्री सैनिक आवासीय महाविद्यालय चैनपुर, चितवनले विविध कार्यक्रमका साथ २० औं राष्ट्रिय धान दिवस मनाएको छ । कार्यक्रमको पहिलो चरणमा धान दिवस विशेष हाजिरीजवाफ प्रतियोगिता, दोश्रो चरणमा अन्तर सदनात्मक असारे गीत गायन प्रतियोगिता र अन्तिम चरणमा महाविद्यालय परिसरभित्र रहेको क्षेत्रमा धान रोपाईँसमेत गरिएको थियो । अन्तरसदनात्मक असारे गीत गायन प्रतियोगितामा पहेँलो […]
मृर्गाैला पीडितका माग सम्बोधन गर्ने मन्त्री जोशीको आश्वासन

भरतपुर, १५ असार । मृर्गाैला पीडित सराेकार समाज चितवनले बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जाेशी समक्ष ११ बुद्वे मागहरु राखेको छ । शुक्रबार भरतपुरस्थित मन्त्री जोशीको सम्पर्क कार्यालयमा पुगि समाजका जिल्ला अध्यक्ष सहितको टाेलीले उनलाई ज्ञापनपत्र बुझाएका हुन् । समाजका अध्यक्ष जीवनाथ पराजुली सहितकाे टाेलीले मृर्गाैला प्रत्याराेपण गरेका बिरामीहरु औसधि लिन र थप उपचारका लागि काठमाडाै […]
बाह्रै महिना सिँचाइको व्यवस्था गर्छौं : रेनु दाहाल

भरतपुर, १५ असार । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने गरी काम भइरहेको बताउनुभएको छ । बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उहाँले आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको हो । “भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ”, उहाँले भन्नुभयो, […]
पत्रकार पोख्रेल कृषि सम्मान पुरस्कारबाट सम्मानित

भरतपुर, १५ असार । पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार– २०८० बाट सम्मानित भएका छन् । नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पाँच वर्षदेखि कार्यरत पोख्रेललाई किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पुर्याएबापत २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो । भरतपुर– २० मा नेपाल समाजवादी महासंघ, […]
अर्किड स्कुलमा राष्ट्रिय धान दिवस कार्यक्रम

भरतपुर, १५ असार । ठूलो समूहमा साना बालबालिका, केटाकेटी, कोही स्कुल ड्रेसमा, कोही खेलकुद कार्यक्रममा लगाउने हाउस ड्रेसमा र कोही साधारण कपडामा जब हिलाम्य खेतमा धान रोप्दै र धानको बीउको मुठा बोक्दै गरेको स्थानीय शारदा अमगाइले देखेपछि उनको मनमा आनन्द र कौतुहल दुबै लाग्यो । दृश्य थियो `२० औँ राष्ट्रिय धान दिवस अवलोकन तथा सहभागिता […]
विश्वासको मत नपाएपछि कोशीमा कार्की नेतृत्वको एमाले सरकार ढल्यो

भरतपुर, १५ असार । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । प्रदेशसभाबाट मुख्यमन्त्री कार्की विश्वासको मत लिन असफल भएपछि उनको सरकार ढलेको हो । कार्कीले प्रदेशसभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखेका थिए । प्रदेशसभाको बिहीबार बैठकमा उनले राखेकाे प्रस्तावमाथि शुक्रबार मतदान भएकाे थियाे । प्रस्तावको पक्षमा ४६ मत पर्यो भने विपक्षमा ४३ […]
धान दिवसमा एमाले अध्यक्ष ओलीले गरे रोपाइँ

भरतपुर, १५ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले धान दिवसको अवसरमा रोपाइँ गरेका छन् । २०औँ राष्ट्रिय धान दिवसको अवसरमा जगतपुरमा ओलीले धान रोपेका हुन्। चितवनको केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरिएको हो । जगतपुर जानू अगाडि अध्यक्ष ओली राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरिएको र्यालीमा सहभागी भएका छन् । र्याली […]
पद्मश्री पुरस्कारका लागि १५ वटा कृतिको सूची सार्वजनिक

भरतपुर, १५ असार । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ वटा कृतिको विस्तारित सूची सार्वजनिक गरेको छ । अघिल्लो वर्ष प्रकाशित मध्ये एक सय ८० पुस्तक प्राप्त भएका र ती मध्ये निर्णायक समितिले पहिलो चरणको उत्कृष्ट १५ वटाको विस्तारित सूची सिफारिस गरेको प्रतिष्ठानले जनाएको छ । दोश्रो चरणमा […]
२०८० असार १५ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)
