कवि पण्डितको `घरबारीमा तोरी फुल्यो´ लोकार्पण

भरतपुर, ९ असार ।
कवि जगन्नाथ पण्डितको गीत – कवितासङ्ग्रह `घरबारीमा तोरी फुल्यो´ लोकार्पण भएको छ । चितवन साहित्य परिषदले प्रकाशन गरेको उक्त कृति शनिबार सार्वजनिक गरिएको हो ।

पुस्तक लोकार्पणपछि प्राडा नारायणप्रसाद खनाल र उदय अधिकारीले पुस्तकका सन्दर्भमा टिप्पणी राखेका थिए । टिप्पणी राख्दै समालोचक खनालले कविता र गीतमा कवि पण्डितले आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेको बताए । कवि गोविन्दराज विनोदीले कवि पण्डितले जननी र जन्मभूमिको महत्तावर्णन, राष्ट्रप्रेम, प्रकृतिप्रेम, राष्ट्रिय स्वाधीनता र अखण्डताको वकालत गरेको बताए । समालोचक उदय अधिकारीले पण्डितका छन्द कविता श्रुतीमधुर भएको टिप्पणी राखे ।

कार्यक्रममा कवि पण्डितले केही कविता र गीत प्रस्तुत गरेका थिए । कवि प्रकाश चापागाईंले कवि पण्डितको `खाँचो छ सद्भावको´ र कवि पण्डितकी छोरी सचला पण्डितले `यात्राअघिको सन्देश : परिवारका नाममा´ कविता प्रस्तुत गरे । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा गरिएको कार्यक्रमलाई शान्ति शर्माले सहजीकरण गरेकी थिइन् ।

पुस्तकमा ५७ वटा कविता र १९ वटा गीतहरू समावेश छन् । चितवन साहित्य परिषद्ले प्रकाशन गरेको पुस्तकको मूल्य ३०१ रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट