२०८० असार १० गते आइतबारकाे कायाकैरन दैनिक (ePaper)
सार्वजनिक शौचालय र प्रतीक्षालय हस्तान्तरण

भरतपुर, ९ असार भरतपुर महानगरपालिका–१, आँपटारीमा निर्माण गरिएको सार्वजनिक शौचालय र यात्रु प्रतीक्षालय सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ मकवानपुरले निर्माण गरेको शौचालय र लायन्स क्लब अफ नारायणगढ बालकुमारीले निर्माण गरेको कुरुवा घर एवं यात्रु प्रतीक्षालय जलदेवी सामुदायिक वनलाई हस्तान्तरण गरिएको हो । महानगरपालिका प्रमुख रेनु […]
कवि पण्डितको `घरबारीमा तोरी फुल्यो´ लोकार्पण

भरतपुर, ९ असार । कवि जगन्नाथ पण्डितको गीत – कवितासङ्ग्रह `घरबारीमा तोरी फुल्यो´ लोकार्पण भएको छ । चितवन साहित्य परिषदले प्रकाशन गरेको उक्त कृति शनिबार सार्वजनिक गरिएको हो । पुस्तक लोकार्पणपछि प्राडा नारायणप्रसाद खनाल र उदय अधिकारीले पुस्तकका सन्दर्भमा टिप्पणी राखेका थिए । टिप्पणी राख्दै समालोचक खनालले कविता र गीतमा कवि पण्डितले आफ्नो सिर्जनात्मक क्षमता […]
चितवनका पुस्तक व्यवसायीले गरे रगत संकलन

भरतपुर, ९ असार । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाको आयोजनामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नारायणगढस्थित पोखरा बसपार्कमा गरिएको रक्तदान कार्यक्रममा कुल ७४ जनाले रक्तदान गरेको महासंघ चितवन शाखा अध्यक्ष परमेश आचार्यले जानकारी दिए । जिल्लाका पुस्तक व्यवसायी एवम् नारायणगढ तथा भरतपुर क्षेत्रका सामाजिक व्यक्तिहरूसमेत रक्तदान गर्न आएको अध्यक्ष आचार्यले […]
सागर उदासको ‘फैलिन्छ कि माया’ गीतसङ्ग्रहभित्र प्रेमको धून

हरेक भेटमा मुसुक्क मुस्कुराए बोल्ने प्रेमिल व्यक्तित्व सागर उदास प्रेमका गीत लेख्न माहिर छन् । हालसम्म तीनवटा गीतका कृति र दुईवटा गीति एल्बम बजारमा ल्याइसकेका उनको ‘फैलिन्छ कि माया’ (२०७९) नामक गीतसङ्ग्रह त्यस्तै प्रेमको मसीले प्रेमकै कागतमा लेखेर तयार पारिएको प्रेमका गीतहरुको सञ्ययन हो । आरम्भमा प्रेमका कुरा प्रेम के हो ? यो कस्तो हुन्छ […]
हाम्रा स्कुलमा यसाे गर्ने कि ?

आदरणीय गुरुवर्ग, सम्बन्धित कार्यालय, सम्बन्धित व्यक्तित्व ‘ग्लोबल वार्मिङ’ (विश्व तापमान) वृद्धिका कारणले गर्मी हरेक वर्ष बढिरहेको छ । यसले मान्छेको सामान्य दैनिकी बिथोलिएको छ । चितवनलगायत तराईका जिल्लामा वर्षको ८ महिना गर्मी महसुस हुन्छ । सामान्य दैनिकी त अप्ठ्यारो भइरहेको यी ठाउँमा दिनभर स्कुल कलेजमा बिताउनुपर्ने विद्यार्थीहरूको दैनिक कति कष्टकर भइरहेको होला भन्नेमा हामीले पर्याप्त […]
रत्ननगरमा उद्यमी बन्न चाहनेलाई तीन लाख सहयाेग

रत्ननगर, ९ असार । रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएको हो । सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण […]
चितवन राष्ट्रिय निकुञ्जमा करिब तीन लाख पर्यटकले भ्रमण गरे

भरतपुर, ९ असार । चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि जेठसम्म दुई लाख ८८ हजार तीन सय ५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् । निकुञ्जमा स्वदेशी एक लाख ९८ हजार आठ […]