चितवनका पुस्तक व्यवसायीले गरे रगत संकलन

भरतपुर, ९ असार ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाको आयोजनामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नारायणगढस्थित पोखरा बसपार्कमा गरिएको रक्तदान कार्यक्रममा कुल ७४ जनाले रक्तदान गरेको महासंघ चितवन शाखा अध्यक्ष परमेश आचार्यले जानकारी दिए । जिल्लाका पुस्तक व्यवसायी एवम् नारायणगढ तथा भरतपुर क्षेत्रका सामाजिक व्यक्तिहरूसमेत रक्तदान गर्न आएको अध्यक्ष आचार्यले बताए ।

नारायणगढस्थित आरएस बुक्सका कर्मचारी बमबहादुर क्षेत्रीले योपटक समेत गरी २१ औँ पटक रक्तदान गरेको बताए । `म नियमित रक्तदाता हुँ, आज समेत गरेर २१ औँ पटक रक्तदान गरें । अस्पतालमा तत्कालै रगतको आवश्यकता पर्नेलाई मैले प्राथमिकतामा राखेर रगत दान गर्ने गरेको छु´, क्षेत्रीले भने ।

कार्यक्रम संयोजक राममणि अधिकारीले बजारमा रगत अभाव देखिएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रगत संकलनको काम गरिएको बताए । नेपालमा वि. सं. २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट