रत्ननगर, ८ असार ।
रत्ननगरस्थित न्यू क्यापिटल कलेजको सभा हलमा कवि प्रकाश चापागाईंको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कलेजको अातिथ्य, युनिक एकाडेमी विद्यालय रत्ननगरकोअायोजना र राष्ट्र उत्थान साहित्य प्रतिष्ठानको सहअायोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कवि चापागाईंले १२ वटा कविता वाचन गरे । उनले वाचन गरेका कविता अन्तर्गत रहेर शिक्षाविद तथा समीक्षक प्रेम रिमालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार केशवराज अामोदी, इन्द्र रेग्मी, रमेश प्रभातलगायतले मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्रष्टाहरु धनराज गिरी, मोदनाथ मरहट्टा, रह शर्मा, भानुप्रकाश उपाध्याय, रामशरण थपलिया, ज्ञानेद्र पाण्डे, पूर्ण रिजाल, न्यू क्यापिटल कलेजका प्रिन्सिपल भूपेन्द्र धिताल, शिक्षक दुर्गा घिमिरे, विष्णु पौडेल अपरिचितलगायतको सहभागिता थियो ।
युनिक एकाडेमीका प्राचार्य दीपक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षिका गायत्री पाण्डेले सन्चालन गरेकी हुन् । कार्यक्रममा कवि राजेन्द्र घायलले स्वागत गीत प्रस्तुत गरेका थिए ।





