गैंडाकोट, ८ असार ।
ग्रामीण सडक सुरक्षा कार्यक्रम २०८० अन्तर्गत गैंडाकोट- ३ ढोँडेनीमा सवारी चालकहरूको सुरक्षा जाँच कार्यक्रम गरिएको छ । गैंडाकोट ट्राफिक कार्यालयको आयोजना र गैंडाकोट-३ स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा ५२ जना सहभागी भए ।
ट्राफिक वरिष्ठ नायव निरीक्षक लेखनाथ पुरीका अनुसार कार्यक्रममा २ जनालाई टाउको सम्बन्धि समस्या, २ जनाको घाँटी र ३ जनाको एलर्जीसम्बन्धि समस्या रहेकोले थप उपचारका लागि परामर्श दिइएको छ । ग्रामीण सडकमा हुने दुर्घटना न्युनीकरण र स्वस्थ चालकको अवधारणालाई जोड दिन गैंडाकोट ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनासम्बन्धि कार्यक्रम गर्दै आएको छ ।




