गैंडाकोट नगरपालिकाको नीति तथा कार्यक्रममा पूर्वाधार र भौतिक विकास प्राथमिकतामा

गैंडाकोट, ८ असार ।
गैंडाकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरको शुक्रवार सम्पन्न १३ औं नगरसभामा नगर प्रमुख मदनभक्त अधिकारीले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसलाई १३ औं नगरसभाले सर्वसम्मत पारित गरेको थियो ।

नगरप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार तथा भौतिक विकासतर्फ नगरको शहरीकरणलाई व्यवस्थित गर्दै जोखिम न्यूनिकरण गर्ने, नगरपालिका भित्र रहेका कच्ची सडकलाई क्रमश : कालोपत्रे गर्दै राष्ट्रिय सडक सञ्जालसँग जोडिने, मुख्य राजमार्ग बाहेक भित्री सडकहरु यथासक्य ६ मिटर कायम गरी ढल तथा ढल निकास र खानेपानीसमेतको एकैसाथ व्यवस्थापन मिलाई स्तरोन्नती गर्ने, आगामी आर्थिक वर्षमा कम्तिमा तीनवटा वडा कार्यालयको भवन निर्माण गरिने, नगरपालिकाभित्रका पूर्वाधारहरुमा बाटो र ढल नियन्त्रणको लागि नाला, ढल निकास, इन्टरनेट, स्वास्थ्य, पार्किङ, बसपार्क जस्ता सुविधाहरुको विस्तारमा प्राथमिकता दिनेलगायतका कार्यक्रमहरु रहेका छन् ।

नीति तथा कार्यक्रममा ‘उज्यालो सडक कार्यक्रम’ अन्तरगत अस्पताल, विद्यालय धार्मिकस्थल सडक र पर्यटकीय स्थल आदिमा विद्युतीय बत्ती जडान गर्ने जस्ता दर्जनौं कार्यक्रमहरू उल्लेख छन् ।

आगामी आर्थिक वर्षका लागि नगरले सञ्चार तथा सूचना प्रविधि क्षेत्र, सामाजिक विकास सम्बन्धी नीति अन्तरगत स्वास्थ्य क्षेत्र, बहुउद्देश्यीय पोषण क्षेत्र, महिला बालबालिका तथा जेष्ठनागरिक क्षेत्र, सुरक्षा तथा युवा क्षेत्र र खेलकुद क्षेत्रमा पनि दर्जनौं कार्यक्रमहरू प्रस्तुत गरिएको छ । त्यसैगरी आर्थिक विकास सम्बन्धी नीतिहरू, कृषि विकास नीति तथा कार्यक्रम, वन वातावरण तथा विपत व्यवस्थापन सम्बन्धी नीतिहरू, सुशासन तथा संस्थागत विकास सम्बन्धी नीतिहरू र राजश्व तथा श्रोत परिचालन सम्बन्धी नीतिहरू अन्तर्गत पनि दर्जनौं शीर्षकहरुमा सयौँ कार्यक्रमहरूको घोषणा गरको छ ।

नगरप्रमुख मदनभक्त आधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि चर्चा गर्दै नगरका ६ जना वडा सदस्यहरुले सुझाव दिएका थिए ।

जसमा वडा नम्बर ५ का वडा सदस्य द्रोण वन सन्यासी, वडा नम्बर १७ का वडासदस्य डिल्लीराम, वडा नम्बर १३ का वडा सदस्य ऋषिराम गौतम, वडा नम्बर २ की वडा सदस्य सीता श्रेण्ठ, वडा नम्बर ७ का वडा सदस्य धनबहादुर कुमाल र वडा नम्बर १६ का वडा सदस्य दिनेश देवकोटा रहेका थिए ।

वडा सदस्यहरुको गुनासो तथा सुझावको संकलन गरि नगर प्रमुख अधिकारीले जवाफ दिएका थिए । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र उपप्रमुख शान्ति कोइरालासहित सवै वडाध्यक्षहरूको सहभागिता थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट