प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र प्रथम

भरतपुर, २७ जेठ ।
प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् । बागमती प्रदेश युवा परिषद् हेटौडाद्वारा आयोजित प्रदेशस्तरीय वक्तृत्वकला प्रतयोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएको हुन् । देबेन्द्र खैरहनीस्थित भुवानीशंकर बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छन् ।

बागमती प्रदेश भरीको जिल्लाबाट छनोट भएर आएको प्रतिनिधिहरूबीच भएको प्रतियोगितामा दोलखाकी मेलिसा ढुंगेल द्वितीय र नुवाकोटकी बिबिना लामिछाने तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा विजयी भएका श्रेष्ठले ५० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि द्वितीय र तृतिय स्थान हासिल गर्ने ढुंगेल र लामिछानेले क्रमश ३० हजार र २० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

सात मिनेट समय छुट्याइएको प्रतियोगिताको शीर्षक युवा र नवप्रवर्तन रहेको थियो । मकवानपुर क्याम्पसका प्राध्यापक घनश्याम शर्मा, निरा शर्मा र दीपक मिश्र प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

बागमती प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्ष र बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुन्ती मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । हेटौंडास्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा १२ जिल्लाका युवाहरुको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट