भरतपुर बन्दैछ चार वर्षभित्र बालमैत्री महानगर

चितवन, जेठ २७ गते । भरतपुर महानगरपालिकाले अबको चार वर्षभित्र बालमैत्री महानगर बनाउने भन्दै २३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा शनिबार भरतपुरमा भएको वृहत बाल भेलामा बालमैत्री नगर बनाउने सूचकसहित घोषणापत्र जारी गरेको हो । बाल अधिकारका विषयमा विभिन्न २३ वटा बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ […]
प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र प्रथम

भरतपुर, २७ जेठ । प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् । बागमती प्रदेश युवा परिषद् हेटौडाद्वारा आयोजित प्रदेशस्तरीय वक्तृत्वकला प्रतयोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएको हुन् । देबेन्द्र खैरहनीस्थित भुवानीशंकर बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छन् । बागमती प्रदेश भरीको जिल्लाबाट छनोट भएर आएको प्रतिनिधिहरूबीच भएको प्रतियोगितामा दोलखाकी मेलिसा ढुंगेल द्वितीय र […]
काँडाघारी टोलमा भ्याकुताको बिहे गरी पानी मागियो

भरतपुर, २७ जेठ । भरतपुर–९ स्थित काँडाघारी टोलविकास संस्थामा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिबार रुद्री पूजासहित भ्याकुताको बिहे गराइदिएर पानी मागेको छ । विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै त्यस टोलका संस्थापक अध्यक्ष बालकृष्ण पौडेल, अध्यक्ष फणिन्द्र भट्टराई, पूर्व अध्यक्ष गोविन्द पौडेल, उपसमिति […]
बालश्रम विरुद्धको चित्रकला प्रतियोगितामा भद्रकुमारीका विकास प्रथम

भरतपुर, २७ जेठ । अन्तर्राष्ट्रिय बालश्रम विरुद्ध दिवसको अवसरमा आयोजित नगरस्तरीय चित्रकला प्रतियोगितामा श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय, भरतपुर-५, गुलाफबागका कक्षा ७ का छात्र विकास लहेरा प्रथम भएका छन् । त्यसैगरी अङ्कुरम् एकेडेमी भरतपुर-७ की कविता लम्साल द्वितीय, सोमाङजीव एकेडेमीका राजेन्द्र दिमदुङ तृतीय र स्मल हेभन मोडल स्कुल भरतपुर-२ आँपटारीकी सोभना पौडेलले सान्त्वना स्थान हासिल […]
विजयश्री उपभोक्ताको योजना तर्जुमा एवम् विस्तारित बैठक सम्पन्न

गैंडाकोट, २७ जेठ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र किसान बचत तथा ऋण सहकारी लिमिटेडद्धारा प्रबर्द्धित विजयश्री उपभोक्ता सहकारीले शनिबार एक कार्यक्रमका बीच वार्षिक योजना तर्जुमा एवम् विस्तारित बैठक सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाद्धारा गठित केन्द्रीय तथा मार्ट व्यवस्थापन समितिका पदाधिकारीहरुलाई […]
स्वास्थ्यकर्मी महासंघको स्थापना दिवसमा ४२ जनाले गरे रक्तदान

भरतपुर, २७ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले १८औँ स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष केशवराज सापकोटाले गरेका थिए भने प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामहरी ढकाल थिए । त्यस्तै अतिथिहरुमा केन्द्रीय सदस्य डा.अरुण सिग्देल, क्यान्सर विशेष जिल्ला कमीटी अध्यक्ष डा. सन्जय पौडेल, नेपाल निजामती कर्मचारी संगठन जिल्ला […]
जीवनको `नुन तेल´ बारेमा भरतपुरमा विमर्श

भरतपुर, २७ जेठ । जीवन क्षेत्रीको पुस्तक `नुन तेल : विगततिर पदयात्रा´ माथि शनिबार भरतपुरमा विमर्श गरिएको छ । प्रगतिशील लेखक संघ चितवनको आयोजनामा डबली क्याफे भरतपुरमा कार्यक्रम गरिएको हो । पुस्तकमा हप्तादिनसम्म पैदलै हिँडेर नुन तेलको बन्दोबस्त गर्ने पाकापुस्ताको दैनिकी रुचिपूर्वक लेखिएको वक्ता दिनेश नाइसाले बताए । बागलुङदेखि बटौलीसम्मको पदयात्राको बारेमा हजुरबुबा, हजुरआमाबाट आफूले […]
पानी नपरेपछि नारायणगढमा महादेवको पूजा गरिँदै

भरतपुर, २७ जेठ । नारायणगढमा पानी माग्दै पूजा गरिने भएको छ । लामो समयदेखि पानी नपर्दा जनजीवन कष्टकर बन्दै गएपछि आइतबार वर्षाको माग गर्दै पूजा गर्न लागिएको हो । आइतबार दिउँसो ४ बजे गौरेश्वर पशुपति मन्दिरबाट नारायणगढमा महादेवसँग पानी देउ अनुरोध पूजा गरिनेछ । त्यसपछि अपरान्ह ४ः३० बजे ‘हरहर महादेव पानी देउ देउ र्याली’ गरिनेछ […]
गर्मीका कारण बन्द रहेका गैंडाकोटका विद्यालयमा आइतबारदेखि पठनपाठन हुने

गैंडाकोट, २७ जेठ । गर्मीका कारण एक सातादेखि बन्द रहेका गैंडाकोट क्षेत्रका विद्यालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । गर्मी कायमै रहेपनि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनलाई निरन्तरता दिन लागिएको हो । संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन गैँडाकोटको शनिबार बसेको बैठकले आइतबारदेखि विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले बताए । […]